SSF Guide
वैदेशिक रोजगार हब

२४.५ लाख योगदानकर्ता विदेशमा — यो पृष्ठ तपाईंकै लागि

सामाजिक सुरक्षा कोषका ७६% योगदानकर्ता नेपालबाहिर काम गर्छन्। देश छानेर मासिक रकम आफ्नो मुद्रामा र कोषको कार्यालय समय आफ्नो समयमा हेर्नुहोस्, विदेशबाट कसरी तिर्ने जान्नुहोस्, र परिवारले नेपालमा उपचार कसरी पाउँछ बुझ्नुहोस्।

२४.५ लाख

वैदेशिक रोजगार योगदानकर्ता

जम्मा ३२.४ लाख मध्ये

रु. २,५९६

न्यूनतम मासिक योगदान

रु. १२,१७० को २१.३३%

रु. २५,०००

परिवारको OPD, वर्षमा

+ भर्ना रु. १ लाख

१३.८५%

तपाईंको वृद्ध अवस्थामा

७.४८% सुरक्षा योजनामा

तपाईंको देश

कति तिर्ने, आफ्नो मुद्रामा — र नेपाल कहिले खुला हुन्छ

तपाईंको ब्राउजरमा मात्र सुरक्षित। दर सांकेतिक हो; रेमिट कम्पनीको दर नै लागू हुन्छ।

पूरा क्याल्कुलेटर

तपाईं कुन देशमा काम गर्नुहुन्छ?

आधारआधार रकममासिक (२१.३३%)तपाईंको मुद्रामा
१×न्यूनतमरु. १२,१७०रु. २,५९६देश छान्नुहोस्
२×रु. २४,३४०रु. ५,१९२देश छान्नुहोस्
३×रु. ३६,५१०रु. ७,७८८देश छान्नुहोस्

बाँडफाँट: ७.४८% सुरक्षा (उपचार + दुर्घटना + आश्रित परिवार) + १३.८५% वृद्ध अवस्था। आधार रु. १२,१७० देखि ३ गुणासम्म।

अहिले नेपालमा समय

—

SSF कार्यालय समय (नेपाल)

आइत–बिहि १०:००–१७:०० · शुक्र १०:००–१५:००

सामान्य सरकारी कार्यालय समय · हटलाइन १११६ (नेपालभित्र टोल फ्री)

तपाईंको स्थानीय समयमा

माथि देश छान्नुहोस्।

चरणबद्ध

विदेशबाट कसरी तिर्ने

पूरा guide
  1. १

    सूचीकृत हुनुहुन्छ कि जाँच्नुहोस्

    श्रम स्वीकृति लिँदा नै सूचीकरण हुन्छ। विदेशमा भइसक्नुभयो तर ID/password छैन? Online निवेदन दिनुहोस् वा रिकभरी गर्नुहोस् (तलको भिडियो)।

  2. २

    SOSYS वा SSF app मा login

    Contributor login प्रयोग गर्नुहोस्। पहिले KYC पूरा गर्नुहोस् — नगरे दाबी भुक्तानी हुँदैन।

  3. ३

    योगदान रकम रोज्नुहोस्

    न्यूनतम रु. १२,१७० को २१.३३% (करिब रु. २,५९६/महिना); आधार ३ गुणासम्म रोज्न मिल्छ। मासिक वा त्रैमासिक।

  4. ४

    कोषले तोकेका माध्यमबाट तिर्नुहोस्

    कोषसँग व्यवस्था भएका बैंक र रेमिट्यान्स साझेदारले विदेशबाट SSF जम्मा लिन्छन्; हालको सूची ssf.gov.np मा छ।

  5. ५

    SOSYS मा जम्मा देखियो कि हेर्नुहोस्

    केही दिनभित्र contribution history मा महिना देखिनुपर्छ। नदेखिएसम्म रसिद राख्नुहोस्।

  6. SOSYS योगदानकर्ता login खोल्नुहोस्sosys.ssf.gov.np

कुन बैंक र रेमिट कम्पनी?

साझेदार बैंक, रेमिट्यान्स कम्पनी र वैदेशिक रोजगार श्रमिकले पाउने अग्रिम भुक्तानी सहुलियतको हालको सूची कोषले आफ्नै पृष्ठमा राख्छ — साझेदार फेरिने हुँदा हामी नक्कल नगरी लिंक दिन्छौँ। ssf.gov.np को आधिकारिक पृष्ठ
तपाईं विदेशमा हुँदा

परिवारले नेपालमा उपचार कसरी पाउँछ

पति/पत्नी र १८ वर्षसम्मका छोराछोरीले कोषसँग आबद्ध अस्पतालमा तपाईंको ११ अङ्कको SSN देखाएर क्यासलेस उपचार पाउँछन्।

सबै आबद्ध अस्पताल

OPD

रु. २५,००० / वर्ष

वैदेशिक रोजगार योजनाको सीमा (औपचारिक क्षेत्रमा रु. २०,०००)।

भर्ना उपचार

रु. १,००,००० / वर्ष

परिवार जम्मा — तपाईं, पति/पत्नी र १८ वर्षसम्मका छोराछोरी।

सह-भुक्तानी

२०%

हरेक दाबीको; कोषले ८०% तिर्छ।

योग्यता

६ महिनामा ३ महिना

नियमित तिर्नुहोस् — रोकिए ३ महिनापछि सुविधा रोकिन्छ।

परिवार नजिकको अस्पताल खोज्नुहोस्

दुर्घटना उपचार रु. ७ लाखसम्म। रोजगारीजन्य दुर्घटना ७ दिनभित्र कोषलाई खबर गर्नुपर्छ। योगदान नियमित राख्नुहोस् — अन्तिम भुक्तानीको ३ महिनापछि सुविधा रोकिन्छ।

जानुअघि

जानुअघिको checklist

श्रम स्वीकृति लिँदा यी तयार राख्नुहोस्।

  • राहदानी (Passport)
  • श्रम स्वीकृति (Labour Permit)
  • हालसालैको फोटो
  • सम्पर्क विवरण — विदेशको र नेपालको
  • बैंक खाता विवरण
  • nominee/परिवार विवरण

सबैभन्दा सामान्य गल्ती: SSF ID/password नबुझी विदेश जानु — विदेशबाट रिकभरी गर्न थप प्रक्रिया चाहिन्छ।

फर्किएपछि

पैसाको के हुन्छ

पेन्सन guide
  • तपाईंको SSN (११ अङ्क) जीवनभर उही रहन्छ — नेपालमा नयाँ रोजगारदाताले त्यही नम्बरमा योगदान गर्छ; व्यवसाय गरे स्वरोजगार योजनामा सर्नुहोस्।
  • १३.८५% को वृद्ध अवस्था रकम बढिरहन्छ। पेन्सनका लागि ६० वर्ष उमेर र १८० महिना योगदान चाहिन्छ: (जम्मा + प्रतिफल) ÷ १६० = आजीवन मासिक पेन्सन।
  • ६० वर्षमा १८० महिना नपुगे? विकल्प तपाईंको: एकमुष्ट लिने वा ÷१६० को मासिक पेन्सन। ६० अघि मृत्यु भए हकवालाले जम्मा + प्रतिफल एकमुष्ट पाउँछन्।
  • अन्तिम योगदानपछि ३ महिनासम्म उपचार सुविधा रहन्छ — फर्किएपछि चाँडै योगदान निरन्तर गर्नुहोस्।

स्रोत: योजना सञ्चालन कार्यविधि २०७५ (५औँ संशोधन) परिच्छेद ५; वैदेशिक रोजगार कार्यविधि २०७९। रकम कोषले तोकेबमोजिम।

भिडियो

नेपालीमा बुझ्नुहोस्

वैदेशिक रोजगारीमा हुनेका लागि Digital Solution का SSF भिडियो।

प्रश्नोत्तर

विदेशबाट धेरै सोधिने प्रश्न

सबै प्रश्न
?विदेशमा हुनेले SSF मा कसरी योगदान गर्ने?

श्रम स्वीकृति लिँदा नै सूचीकरण हुन्छ; विदेशमा भइसकेकाले SOSYS/mobile app बाट online निवेदन दिन सक्छन्। योगदान औद्योगिक न्यूनतम पारिश्रमिकको कम्तीमा २१.३३% (३ गुणासम्म रोज्न मिल्ने) — बैंक वा डिजिटल माध्यमबाट जम्मा गर्न सकिन्छ।

?KYC Verification किन आवश्यक हुन्छ?

सम्पत्ति शुद्धीकरण निवारण कानुन र SSF को AML/CFT नीति, २०८२ बमोजिम पहिचान प्रमाणित नगरी सुविधा भुक्तानी हुँदैन — वास्तविक पहिचान नभएसम्म सुविधा निलम्बनसमेत हुन सक्छ (नियमावली २०७५, नियम १०)। KYC पूरा गरे मात्र दाबी र भुक्तानी सहज हुन्छ।

?दुई वटा SSF नम्बर (SSN) भए के गर्ने?

SSN जीवनभर एउटै हुनुपर्छ। गल्तीले दुई वटा बनेको भए तुरुन्तै कोषमा जानकारी दिई प्रमाण कागजातसहित एकीकरण (merge) गराउनुहोस् — नत्र योगदान विवरण बाँडिएर दाबीमा समस्या आउँछ।

?विदेशबाट नेपाल फर्किएपछि SSF मा के गर्ने?

SSN उही रहन्छ। जागिरमा गए नयाँ रोजगारदाताले त्यही SSN मा योगदान गर्छ; व्यवसाय गरे स्वरोजगार योजनामा सर्नुहोस्; निवृत्तभरण योजनाको रकम एकमुष्ट लिने वा ÷१६० को आजीवन मासिक pension रोज्ने विकल्प पनि छ। KYC अद्यावधिक गर्न नबिर्सनुहोस्।

कोषको वैदेशिक रोजगार डेस्क

विदेशबाट SSF लाई सम्पर्क

WhatsApp / Viber (SSF वैदेशिक रोजगार डेस्क)

+977 9851351754migrantworker@ssf.gov.np

कोषको आधिकारिक डेस्क। कार्यालय समय माथि तपाईंको स्थानीय समयमा देखिन्छ।

सहुलियत र भुक्तानी व्यवस्था (ssf.gov.np)

वैदेशिक रोजगार योगदानकर्ताका लागि कोषको आफ्नै पृष्ठ।

Digital Solution

विदेशबाटै सहायता चाहियो?

सूचीकरण, ID/password रिकभरी, KYC र भुक्तानी सेटअप — Digital Solution को स्वतन्त्र सेवा, कोष होइन। जुनसुकै देशबाट WhatsApp मा लेख्नुहोस्।

यो पेज share गर्नुहोस्: